"मुटु खाने भो" बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियो गायिका पुनकै अफिसियल युटुब च्यानल " जया छन्त्याल पुन " बाट बजारमा आएको हो । गीतमा गायिका जया छन्त्याल पुन र गायक नविन रानाको स्वरमा रहेको छ । प्रलाद सुवेदीको शब्द रहेको छ भने लय/थेगो शिव कनौजे मगरको रहेको छ ।
चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा दिवान्सी रोका मगरको अभिनय रहेको छ । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियो निर्देशक मौसम हिमालीले गरेका हुन भने छायाकंन राजेश घिमिरे तथा सम्पादन र कलर मनोज कार्कीले गरेका हुन ।