"अधेरी रात - ADHERI RAAT" मौलिक झ्याउरे गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रमित मास्की राना र गायिका निरु मगरको स्वर रहेको छ । रमित मास्की रानाकै शब्द रहेको छ भने लय कपिल आर. के. मगरको रहेको छ । एरेन्ज डोलराज बारघरे मगर, मिक्सिङ कुमार राना र रेकर्डिङ सुमन र खुमन रानाले गरेका हुन ।
भिडियोले अधेरी रातमा गाउघरतिर हुने रोधीघरलाई समेटेको छ । यस्तै, चोखो माया लगाउने प्रेमी जोडीहरुको रोमाञ्चक प्रेमकथाको बारेमा पस्किएको छ । खुलेआम आफ्नो प्रेम प्रस्तुत गर्न नस्क्ने जोडीहरु झ्याउरे मार्फत आदान-प्रदान गरिएको देखाएको छ । नृत्य कलाकारहरुमा लक्ष्मी गुरुङ, आनन्द गुरुङ, शर्मिला पुन मगर, पदम राना मगर, सरस्वती गुरुङ र मुकेश नेपाली रहेका छन । भिडियो निर्देशक दिप गुरुङले गरेका हुन भने छायाकंन मधुर बस्नेत तथा सम्पादन मेक बहादुर थापाले गरेका हुन ।
भिडियो :
लिरिक्स :
हा... रोधी बसम साईली
न आकाशको जुन तारा न स्वर्गकी परी
हा... रोधी बसम साईली
यही पूजामा भेट भयो घुम्यो नजर भरी
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईली आछौ भनेर म आको
हा... रोधी बसम साईला
भन्छ मनले म स्वर्गकी अप्सरा त होइन
हा... रोधी बसम साईला
किन यती मुर्छा पर्यौ मेसै पाको छैन
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईला आछौ भनेर म आको
हा... रोधी बसम साईली
तिम्रो रुपले लठ्याएर छायो आत्मा रुवाको
हा... रोधी बसम साईली
लाली हो कि गाजल हो र यती सुहाको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईली आछौ भनेर म आको
हा... रोधी बसम साईला
मैले पनि केही त सोचे तिमीले कुरो ल्यासी
हा... रोधी बसम साईला
घरी घरी टोलाईरहे नजर बने प्यासी
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईला आछौ भनेर म आको
हा... रोधी बसम साईली
मलाई देखे मस्की मस्की हेर्छे गाठे मोरी
हा... रोधी बसम साईली
कती सार्है लजाकी हौ मुटु फुट्ने गरी
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईली आछौ भनेर म आको
हा... रोधी बसम साईला
तिमीले जस्तै मैले पनि हियर लुकी लुकी
हा... रोधी बसम साईला
धड्कन बड्छ औंला टोक्छु मन परेर होकी
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईला आछौ भनेर म आको
हा... रोधी बसम साईली
जब हाम्रो घरबार बन्ला नियतीको बलमा
हा... रोधी बसम साईली
धर्ती आकाश एक भएझै लागोस अन्तिम पलमा
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईली आछौ भनेर म आको
हा... रोधी बसम साईला
दुनियाँको मेख मार्दिए जिल्ल परुन अरु
हा... रोधी बसम साईला
फर्की फर्की हाम्लाई हेरुन बाटो हिंड्ने हरु
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात बालेर राँको तिमी आछौ भनेर म आको
अधेरी रात
बालेर राँको
तिमी आछौ भनेर म आ...
हा... साईला आछौ भनेर म आको