साउनको मैना, के दिम तनी बैना भन्दै "लालुमै झमझम छमछम" तिज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बिमला श्रिस र शिव कनौजे मगरको आवाज रहेको छ । बिन्दु बिसी, सुनिता, कपिल आरके मगर र गोबिन्द बिकले सामुहिक आवाज रहेको छ । शिव कनौजे मगरको लय/शब्द रहेको गीतमा श्यामस्वत रसाईलीको मिक्सिङ/एरेन्ज रहेको छ ।
{tocify} $title={बिषयसुची}भिडियोमा लोमास शर्मा, आरके परियार, सन्चिता बोलाखे र नारायणी खत्रीको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन, दिपक बिष्टले सम्पादन गरेको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका छन । सार्वजनिक गीतको भिडियो बिमला श्रिसको युटुब च्यानल बाट सार्बजनिक भएको छ । अडियो र भिडियो जुन तारा म्युजिकले गरेको हो । गीतले छमछमी नचाउने गरी बनेको रहेछ उज्वल प्रगती होस् शुभकामना ।